दफा
बोनस पाउने अवस्था
(१) कुनै एक आर्थिक वर्षमा काम गर्नु पर्ने जति अवधिको आधा अवधि काम गर्ने कर्मचारीले यस ऐनबमोजिम बोनस पाउन सक्नेछ ।
तर क्याजुयल वा बदलीमा काम गर्ने कर्मचारीले बोनस पाउने छैन ।
(२) उपदफा (१) को प्रयोजनको लागि देहायको अवधि पनि कर्मचारीले काम गरेको अवधिमा गणना गरिनेछ –
क) कुनै कबुलियतबमोजिम वा “श्रम ऐन, २०७४ को दफा १५ बमोजिम”  को दफा ११ बमोजिम जगेडामा रहेको अवधि ।
(ख) कुनै प्रकारको तलबी बिदामा बसेको अवधि,
(ग) प्रतिष्ठानको कामको सिलसिलामा दुर्घटनामा परी अशक्त रहेको अवधि ।